logo

नेपाल उद्योग परिसंघ (CNI) को अठारौ वार्षिक साधारण सभाको सूचना

मितिः २०७८/०३/१०

श्रीमान् सदस्यज्यूहरु 

नेपाल उद्योग परिसंघको अठारौ वार्षिक साधारण सभा यही २०७८ श्रावण ६ गते (तदनुसार 21st July 2021) मा हुने भएको व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं । 

बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कारणबाट उत्पन्न असहज परिस्थिति तथा स‌ंक्रमण नियन्त्रणको लागी नेपाल सरकारबाट तोकिएको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड तथा नियमलाई मध्यनजर गरी सम्पुर्ण सदस्यहरु भौतिक रुपमा साधारणासभामा सहभागी हुन वा मतदान गर्न सक्ने अवस्था नभएमा Virtual वा Virtual तथा सिमित भौतिक उपस्थिति (मिश्रीत) को माध्यमबाट सहभागी गराई सभा सन्चालन गरिनेछ । Virtual वा Virtual तथा सिमित भौतिक उपस्थिति (मिश्रीत) माध्यमबाट सभा सन्चालन हुने भएमा Virtual माध्यमबाट सहभागी हुने सदस्यजूहरुले समेत सभाका सम्पुर्ण कार्यक्रममा सहभागी हुन तथा मतदान गर्न सक्ने व्यवस्था गरि सभा सुरु हुने कम्तिमा ३ दिन अगावै सदस्य ज्यूहरुलाई जानकारी गराईनेछ ।

साधारणसभा निम्नानुसार दुई सत्रमा काठमाण्डौमा सम्पन्न गर्ने गरि तय गरिएको छ ।

पहिलो सत्रः 

(क) साधारण सभाको समुद्घाटन समारोह २०७८ श्रावण ६ गते बुधबार, विहान ११:३० वजे ।

परिसंघको अठारौ वार्षिक साधारण सभाको समुद्घाटन प्रमुख अतिथिको रुपमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट हुनेछ र उक्त समारोहलाई सम्माननीय प्रधानमन्त्री ज्यूबाट सम्बोधन समेत हुने कार्यक्रम छ ।  

श्रो सत्र :

(क) साधारण सभाको बन्द सत्र २०७८ श्रावण ६ गते बुधबार, दिनको २ वजे देखि ३ वजे सम्म  

वन्द सत्रको बिषय सूची मुख्यतया निम्नानुसार हुनेछ :- 

१) परिसंघको कार्यक्रम एवं गतिबिधि सम्बन्धिप्रतिवेदन प्रस्तुत तथा त्यस उपर छलफल तथा पारित ।

२) परिसंघको आ ब २०७६/७७ को आय व्यय विवरण तथा लेखा परिक्षण प्रतिवेदन प्रस्तुत तथा त्यस उपर छलफल तथा पारित ।

३) परिसंघको आ.ब. २०७८/७९ को कार्यक्रम उपर छलफल ।

४) आ ब २०७७/७८ को लागी लेखा परिक्षकको नियुक्ति ।

५) विधान संशोधन ।

६) बिबिध ।

(ख) राष्ट्रिय परिषद सदस्यहरुको निर्वाचन २०७८ श्रावण ६ गते बुधबार, दिनको ३:३० वजे देखि ४:३० वजे सम्म ।

(ग) उपाध्यक्षहरुको निर्वाचन राष्ट्रिय परिषदको निर्वाचन परिणाम घोषणा लगत्तै जारी हुने सूचना बमोजिम । 

साधारण सभामा भागलिन आवस्यक प्रतिनिधि दर्ता फाराम, निर्वाचन कार्यक्रम, तथा परिस‌घ राष्ट्रिय परिषद सदस्यको उम्मेदवारी मनोनयन दर्ता फाराम यहाँहरुको प्रयोजनार्थ यसै साथ संलग्न गरिएको व्यहोरा अनुरोध छ । साथै आवश्यकता अनुसार परिसंघको वेबसाईट मार्फत डाउनलोड गर्न सकिने व्यवस्था गरिएको समेत जानकारी गराउंन चाहन्छौं । 

साधारणसभाका सम्पूर्ण कार्यक्रमहरुमा परिसंघका सवै सदस्य प्रतिनिधिज्यूहरुको सहभागिता सहित साधारण सभा सफल बनाउनका लागि हार्दिक आग्रह गर्दछौं।

साधारणसभा सम्बन्धि थप जानकारी आवश्यक परेमा परिसंघको सचिवालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ । 

डाउनलोड लिंकहरू

क) प्रतिनिधि दर्ता फाराम

ख) निर्वाचन कार्यक्रम,

ग) राष्ट्रिय परिषद सदस्यको उम्मेद्वारी मनोनयन दर्ता फाराम

घ) अनलाईन माध्यमबाट साधारणसभाको समुद्घाटन सत्रमा भाग लिन यहाँ क्लिक गर्नुहोस ।

[पुनश्चः परिसंघको विधानमा साधारण सभामा भाग लिन चालू आर्थिक बर्षको परिसंघको सदस्यता नविकरण गरिएको हुनु पर्ने प्रावधान रहेको जानकारी गराउदै यहाँको संस्थाको नविकरण भएको सुनिश्चित गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं ।]

महानिर्देशक

नेपाल उद्योग परिसंघ

थापाथलि, काठमाण्डौ

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP